सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गैंडा मारेको अभियोगमा एकजना पक्राउ
भर्खरै

गैंडा मारेको अभियोगमा एकजना पक्राउ

  • सिधा दृष्टी शनिबार, बैशाख २५, २०७८ | May 8, 2021

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा नारायणगढ निवासी कविराज श्रेष्ठ भन्ने रामकुमार रहेका छन् । उनलाई कालिका नगरपालिकाको बाँसघारी भन्ने ठाउँबाट वैशाख २३ गते पक्राउ गरिएको हो ।

उनी निकुञ्जमा मारिएका चार गैंडाको खाग तस्करीमा संलग्न भएको निकुञ्जको आरोप छ ।

निकुञ्जमा चालु आर्थिक वर्षमा मात्रै गैंडा मारेको अभियोगमा २४ जना पक्राउ परेका छन् । तीमध्ये ५ जना धरौटीमा रिहा भएका छन् भने १९

जना पुर्पक्षका लागि थुनामा छन् ।

चालु आर्थिक बर्षमा चार वटा गैंडा चोरी सिकारीले मारेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय