सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उच्च अदालत हेटौँडामा कार्यरत प्रहरीका सई मृत भेटिए
भर्खरै

उच्च अदालत हेटौँडामा कार्यरत प्रहरीका सई मृत भेटिए

  • सिधा दृष्टी शनिबार, बैशाख २५, २०७८ | May 8, 2021

उच्च अदालत पाटन हेटौंडा इजलासमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् ।

हेटौंडा–१० राप्तिखोलामा सई ४७ वर्षीय केशवबहादुर खत्रीको शव भेटिएको मकवानपुरका प्रहरीले जनाएकाे छ ।

खाेलामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले आज बिहान प्रहरीलाई खबर गरेका थिए । ‘स्थानीयको खबर पाएपछि घटनास्थलमा पुगेर हेर्दा गाडिएको अवस्थामा खत्रीको शव भेट्यौँ’, मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले भने ।

गोरक्षश्वर मन्दिरनजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा खत्रीको शव फेला परेको रिमालले बताए । घटनाबारे थप

अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय