सोमवार, जेष्ठ २२, २०८० | Monday 5th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • पर्यटन
  • कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा
पर्यटन

कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा

  • सिधा दृष्टी शुक्रबार, बैशाख २४, २०७८ | May 7, 2021

कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोलीले चुचुरो चुमेको छ । यो टोलीको नेतृत्व शेर्पाले गरेका थिए ।

आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार कुल १२ जना आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको हो ।

१३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

डोरी टाँग्दै गएको आइसफल डाक्टरको टोली आज साँझ

६ बजे चुचुरो पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले पुष्टी गरिन् । उनका अनुसार अब आरोहणको ढोका खुलेको छ । मौसम अनुकुल रहेमा धमाधम आरोहण हुनेछ । यो सिजनमा सगरमाथाका लागि मात्र ४०८ जनाले अनुमति लिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय