शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पीसीआर परीक्षणका लागि प्रधानमन्त्रीको पनि स्वाब संकलन
भर्खरै

पीसीआर परीक्षणका लागि प्रधानमन्त्रीको पनि स्वाब संकलन

  • सिधा दृष्टी शुक्रबार, बैशाख २४, २०७८ | May 7, 2021

प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

आज बालुवाटारमा प्रधानमन्त्री ओलीसंगै उहाँको निजी सचिवालय,सुरक्षा निकाय,सवारी चालकसहित एक सय जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कोरोना संक्रमण तीब्र रुपमा बढिरहेका बेला आगामी सोमबार संसद बैठक बस्दैछ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आव्हान गरिएको संसद्को विशेष अधिवेशनको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको कोरोना परीक्षण गरिएको हो ।

यसअघि संघीय सांसदहरुको पनि पीसीआर परीक्षण गरिएको थियो ।

हिजो र अस्ति दुई दिन संघीय सांसद,संसद सचिवालयका कर्मचारी,मर्यादा पालकलगायतको कोरोना परीक्षण गरिएको थियो ।

यसरी परीक्षण गरिएकामध्ये एक जना उपसचिवको आज निधन भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय