बिहिबार, अशोज १३, २०७९ | Thursday 29th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान
Uncategorized

क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान

  • सिधा दृष्टी शुक्रबार, बैशाख २४, २०७८ | May 7, 2021

कोरोना संक्रमणको जोखिम कम गर्न नेपाल प्रेस युनियन धादिङ शाखाले जिल्लामा क्रियाशील पत्रकारका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा बढिरहेको नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण धादिङ जिल्लामा पनि बढिरहेको छ । जसका कारण नियमित रिपोर्टिङमा खटिने पत्रकारहरु जोखिममा रहने भएकाले जोखिम कम गर्न आधारभूत स्वास्थ्य सामाग्री प्रदान गरिएको युनियनका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिए ।

दैनिक संचारमाध्ययमा कार्यरत युनियनका पत्रकारहरुको लागि मास्क, स्यानिटाइजर झोलासहित सामग्री वितरण गरिएको हो । अघिल्लो चरणको कोरोनाको महामारीमा पनि

प्रेस युनियनले जिल्लाका क्रियाशील संचारकर्मीहरुको लागि ब्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), मास्क स्यानिटाइजर लगायतका सुरक्षा सामग्री वितरण गरेको थियो ।

जोखिमपूर्ण अवस्थामा रिपोटिङमा जानुपर्ने परिस्थितिका बीच सबै सामग्रीहरु एकै ठाउँमा राख्न मिल्ने झोलासहित स्वास्थ्य सुरक्षाका सामानहरु वितरण गरिएको अध्यक्ष अधिकारीले बताए ।

यसअघि प्रेस युनियन धादिङले एक विज्ञप्ती जारी गर्दै कोरोनाको जोखिमका बीच दैनिक समाचार संकलनमा हिँड्ने पत्रकारहरुको पेशागत र स्वास्थ्य सुरक्षामा चासो देखाउँदै संचारमाध्यमहरुको ध्यानाकर्षण गराएको थियो ।

संचारगृहले पारिश्रमिक नदिने, मानसिक तनाव सिर्जना गर्ने जस्ता क्रियाकलाप कोभिड-१९ को पहिलो लहरले सिर्जना गरेको लकडाउनमा देखिएको भन्दै यसपटक त्यस्ता क्रियाकलाप नगर्न सबै सम्बन्धित पक्षलार्इ युनियन धादिङले आग्रह गरेको छ ।


फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय