शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अस्पतालमा शय्या खोज्दाखोज्दै गयो वडासदस्यको प्राण
भर्खरै

अस्पतालमा शय्या खोज्दाखोज्दै गयो वडासदस्यको प्राण

  • सिधा दृष्टी शुक्रबार, बैशाख २४, २०७८ | May 7, 2021

बुटवल उपमहानगरपालिका-७ का वडासदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्सभित्रै गयराति मृत्यु भएको छ । नेकपा एमालेको समेत वडा समिति अध्यक्ष रहेका ४४ वर्षीय थापा सात दिनअघि कोरोना पोजिटिभ भएपछि स्थानीय अस्पतालमा बेड अभावका कारण होमआइसोलेसनमा थिए ।

‘तीन दिनअघि शय्या खोज्न आफैं अस्पतालमा गए पनि नपाएपछि उनले घरमै अक्सिजन लिएर आएका थिए । हिजो एक्कासी समस्या बढेपछि क्रिमसन अस्पताल लगिए पनि आईसीयू, भेन्टिलेटर उपलब्ध नभएपछि भैरहवामा अस्पताल खोज्दै गर्दा एम्बुलेन्समै नवीनको निधन भएको सोही वडाका युवा नेता विकासजंग बस्नेतले

जानकारी दिए ।

यस्तै, समयमै उपचार नपाएका कारण नवीनको मृत्यु भएको वडाध्यक्ष कमलप्रताप थापाले दुःखेसो गरे ।

दिवंगत वडासदस्य नवीनका श्रीमती र एक छोरी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय