रूपन्देहीको कोरोना अस्पतालमा शुक्रबार बिहान तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुुनेमा बुटवल तामनगरका ६५ वर्षीय पुरुष, तिलोत्तमा–१ का ४३ वर्षीय पुरुष र ६५ वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
उनका अनुसार तामनगरका पुरुष वैशाख २० देखि कोरोना अस्पतालको आईसीयूमा उपचाररत थिए । उनको बिहान १ बजे मृत्यु भएको हो । त्यस्तै, तिलोत्तमाका पुरुष २२ गते प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएका थिए । उनको बिहान २ बजेर २० मिनेटमा मृत्यु भएको छ ।
त्यस्तै १९ गतेदेखि आईसीयूमै उपचाररत तिलोत्तमाकी
महिलाको बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यससँगै रूपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ४५ पुगेको छ ।