आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मालदिभ्सका पूर्वराष्ट्रपति नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते
भर्खरै

मालदिभ्सका पूर्वराष्ट्रपति नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते

  • सिधा दृष्टी शुक्रबार, बैशाख २४, २०७८ | May 7, 2021

एजेन्सी । मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते भएका छन् । बहालवाला सभामुखसमेत रहेका उनको एक अस्पतालमा उपचार भइरहेको छ ।

मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् यसको जानकारी दिएको छ ।राजधानी मालेको निलोआफरु मागु इलाकामा भएको विष्फोटमा पूर्वराष्ट्रपति नाशिद घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय मिडियाका अनुसार विहीबार साँझ उनको घर बाहिर विष्फोट भएको थियो । उनी कारमा चढ्न लाग्दा विष्फोट भएको बताइएको छ ।

उनको घर बाहिर पार्किङ गरेर राखिएका मोटरसाइकलमा विष्फोटक पदार्थ राखेर विष्फोट गराइएको हुन

सक्ने प्रारम्भिक अनुमान गरिएको बीबीसीले जनाएको छ ।

५३ वर्षीय नाशिद उपचाररत अस्पतालले उनलाई धेरै ठाउँमा चोट लागेको र स्वास्थ्य अवस्था स्थीर रहेको जनाएको छ ।

मालदिभ्सका बहालवाला राष्ट्रपतिले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् । विष्फोट उनैलाई लक्षित थियो कि थिएन भनेर आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन । यद्यपि सत्तारुढ पार्टीका एक सांसदले उनलाई लक्षित गरेर बम विष्फोट गराइएको दाबी गरेको बीबीसीले जनाएको छ ।

नाशिद उपचाररत अस्पताल बाहिर उनका समर्थकहरुको भिड लागेको छ । विष्फोटपछि स्थिति तनावपूर्ण बनेकाले दंगा प्रहरीको तैनाथी बढाइएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।मोहम्मद नाशिद मालदिभ्समा प्रजातान्त्रिक रुपमा निर्वाचित पहिलो राष्ट्रपति हुन् । सन् २००८ मा बहुदलीय निर्वाचनमा विजयी भएर उनी राष्ट्रपति बनेका थिए । धार्मिक कट्टरपन्थीहरुविरुद्ध कडा आलोचकका रुपमा चिनिने उनलाई राष्ट्रपति बनेको चार वर्षपछि सैनिक विद्रोहमार्फत् सत्ताच्युत गरिएको थियो ।

मालदिभ्स सुन्नी मुस्लिमहरुको बाहुल्यता भएको देश हो । १ हजार १ सय बढी टापुहरुको देश मालदिभ्स विश्वका आकर्षक पर्यटकीय गन्तव्यहरुमा पर्दछ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय