बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्थानीय तहमा अत्यावश्यकीय बाहेक सबै सेवा बन्द
भर्खरै

स्थानीय तहमा अत्यावश्यकीय बाहेक सबै सेवा बन्द

  • सिधा दृष्टी बिहिबार, बैशाख २३, २०७८ | May 6, 2021

धादिङको अधिकांश स्थानीय तहले पालिकाबाट प्रवाह हुने अत्यावश्यकीय बाहेक सबै सेवा बन्द गरेका छन् । पछिल्लो समय कोरोना भाइरसको संक्रमणको दर बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको पालिका प्रमुखहरुले जानकारी दिएका छन् ।

विहिबार धादिङको गजुरी गाउँपालिकाले अत्यावश्यकिय सेवा वाहेका सबै सेवा बन्द गरेकोे छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण गजुरी गाउपालिकाका विभिन्न स्थानमा देखिएकोले अत्यावश्यकिय बाहेक कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द गरेको जनाएको छ । बिहिबार देखि लागु

हुने गरी बैशाख ३१ गते सम्मका लागि अत्यावश्यकीय सेवा वाहेकका सबै सेवा बन्द गरेको हो ।

यस्तै दिनानु बढ्दै गरेको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै धादिङमा अधिकांश पालिकाको कार्यालय बन्द रहेको छ । गजुरी गाउपालिकासँगै धादिङमा निलकण्ठ नगरपालिका, धुनिबेशी नगरपालिका, नेत्रावती डबजोङ गाउपालिका, खनियाबास, ज्वालामुखी, गंगाजमुना गाउपालिका लगायतले कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । सबै स्थानीय तहहरुले स्थानीयहरुलाई यो महामारीको समयमा सुरक्षित भएर दैनिक जिवनयापन गर्न आग्रह समेत गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय