सोमवार, जेष्ठ २२, २०८० | Monday 5th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु
भर्खरै

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

  • सिधा दृष्टी बिहिबार, बैशाख २३, २०७८ | May 6, 2021

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर बस्ने ८२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा ५ बजेर ५४ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएपछि वृद्धलाई बिहीबार नै उपचारका लागि नारायणी वयोधा अस्पतालमा भर्ना गरिएको थियो । एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट बिहीबार मात्रै चार जनाको मृत्यु भएको छ

। नारायणी अस्पतालमा बिहीबार रौतहटका दुई र पर्साका दुई गरी ४ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय