मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • विराटनगरमा थप सात जना कोरोना संक्रमितको मृत्यु
भर्खरै

विराटनगरमा थप सात जना कोरोना संक्रमितको मृत्यु

  • सिधा दृष्टी बिहिबार, बैशाख २३, २०७८ | May 6, 2021

मोरङमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट विराटनगरस्थित कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा चार, नोबेल मेडिकल कलेजमा दुई र न्यूरो अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत विराटनगर-१० का ५७ वर्षीय पुरुष, विराटनगर-१३ का ५० वर्षीय पुरुष, जहदा गाउँपालिका-५ का २५ वर्षीय युवक र सुनसरीको कोसी गाउँपालिका-४ का ६५ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।

त्यस्तै, विराटनगरको नोबेल शिक्षण अस्पतालमा विराटनगर- ५, कोचाखालकी ३७

वर्षीया महिला र विराटनगर महानगरपालिका-१९ का ६४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

यसैगरी, मोरङको रंगेली नगरपालिका-३ का २६ वर्षीय युवकको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा बिहीबार बिहान मृत्यु भएको अस्पतालका डाइरेक्टर रञ्जितराज बस्नेतले जानकारी दिए । दुर्घटनामा परेर घाइते भएपछि १७ दिनदेखि उपचाररत उनमा बुधबार साँझ कोरोना पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय