नेपाल सुविख्यात एवम् लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि ८४ वर्षीय प्रधानलाई बिहीबार बिहान वसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । आज दिउँसो पौने दुई बजे वरिष्ठ संगीतकारसमेत रहेका उहाँको निधन भएको हो ।
गायक प्रधानको पछिल्लो दुई सातादेखि १२ सो अस्पतालमा उपचार हुँदै आएको थियो । छातीको समस्या भएको हुँदा कोभिडको आशंका गरिए पनि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
प्रधानका भतिज मञ्जुकुमार प्रधानका अनुसार दुई छोराहरु
अमेरिकमा रहेका र हालको अवस्था प्रतिकुल रहेकोले उहाँको शवलाई आजै दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
सात सयभन्दा बढी गीत रेकर्ड गराएका दिवंगत प्रधानका धेरै गीतहरु अत्यन्त लोकप्रिय र सदाबहार छन् ।