बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काभ्रेमा कोरोना संक्रमितको संख्या ७ सय नाघ्यो
भर्खरै

काभ्रेमा कोरोना संक्रमितको संख्या ७ सय नाघ्यो

  • सिधा दृष्टी बिहिबार, बैशाख २३, २०७८ | May 6, 2021

बनेपा । काभ्रेपलाञ्चोकमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ७०० नाघेको छ ।

जिल्लाका विभिन्न पालिकामा गरी बुधबार एकै दिन १५८ जनामा सङ्क्रमण पुष्टि भएपछि अहिलेसम्मको सक्रिय सङ्क्रमितको सङ्ख्या ७६८ पुगेको छ ।

तीमध्ये विभिन्न अस्पतालको आइसोलेशनमा ५८ र होम आइसोलेशनमा ७४३ रहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

कार्यालयका अनुसार अहिलेसम्ममा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या बनेपा नगरपालिकामा ३०१ पुगेको छ ।

धुलिखेल नगरपालिकामा १५८, पनौती नगरपालिकामा १५०, पाँचखाल नगरपालिकामा ६०, नमोबुद्ध नगरपालिकामा २८ र मण्डनदेउपुर नगरपालिकामा १९ जना सङ्क्रमित रहेका छन्

जिल्लामा सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आइसोलेशन कक्षका सबै शय्यामा अक्सिजनको व्यवस्था गरिनुका साथै बिरामीको सेवाका लागि २४सै घण्टा एम्बुलेन्स सेवासमेत व्यवस्था गरिएको नगरपालिकाहरुले जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय