बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्थायी कमिटीको बैंठक लगत्तै प्रधानमन्त्री ओली शीतल निवासमा
भर्खरै

स्थायी कमिटीको बैंठक लगत्तै प्रधानमन्त्री ओली शीतल निवासमा

  • सिधा दृष्टी बिहिबार, बैशाख २३, २०७८ | May 6, 2021

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

बैठकमा समसामियक विषयमा छलफल भएको तथा बैठक लगत्तै प्रधानमन्त्री शीतल निवास गएको पार्टी प्रवक्तासमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

आज आकस्मिक रुपमा बोलाइएको स्थायी कमिटी बैठकम पार्टीका तर्फबाट उठाइने उम्मेदवारलाई जिताउन विभिन्न तहमा छलफल गर्ने निर्णय भएको जानकारी दिँदै नेता ज्ञवालीले अर्को बैठकले उम्मेदवार टुंगो लगाउने बताए।

यसअघि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले बागमती

प्रदेशको राष्ट्रियसभा उप निर्वाचनमा रामबहादुर थापा बादल नै पार्टीको आधिकारिक उम्मेदवार हुने बताएका थिए।

यस्तै बैठकमा प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा पनि छलफल भएको ज्ञवालीले बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय