सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • निषेधाज्ञा नमान्नेलाई जरिवाना लिन सुरु, ६ महिना सम्म कैद हुन सक्ने
भर्खरै

निषेधाज्ञा नमान्नेलाई जरिवाना लिन सुरु, ६ महिना सम्म कैद हुन सक्ने

  • सिधा दृष्टी बिहिबार, बैशाख २३, २०७८ | May 6, 2021

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा नमान्नेलाई प्रहरीले जरिवाना लिन शुरू गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार निषेधाज्ञा नमान्नेलाई संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा १ सय रुपैयाँ जरिवाना लिन थालिएको हो ।

परिसर प्रमुख एसएसपी अशोक सिंहका अनुसार निषेधाज्ञालाई थप प्रभावकारी बनाउन निषेधाज्ञा नमान्नेलाई जरिवाना लिन शुरू गरिएको हो । वैशाख २१ र २२ मा महानगरीय प्रहरी परिसर ललितपुरले ८४ जनालाई जरिवाना गरेको छ ।

बिहीबार (आज)बाट जरिवानालगायत कारावाहीमा थप कडाइ गरिने प्रहरीले

जनाएको छ । संक्रामक रोग ऐन–२०२० अनुसार स्थानीय प्रशासनलाई ३ सय सम्म जरिवाना र ६ महीना कैद सजाय गर्ने अधिकार छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय