शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा कोरोना संक्रमणको दैनिक वृद्धिमा पुन नयाँ रेकर्ड
भर्खरै

भारतमा कोरोना संक्रमणको दैनिक वृद्धिमा पुन नयाँ रेकर्ड

  • सिधा दृष्टी बिहिबार, बैशाख २३, २०७८ | May 6, 2021
Coronavirus on scientific background

एजेन्सी । भारतमा कोरोना संक्रमणको दैनिक वृद्धिमा पुन नयाँ रेकर्ड कामय भएको छ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो चौविस घण्टामा हाल सम्मकै धेरै संक्रमित पुष्टि भएसंगै नयां रेकर्ड बनेको हो । पछिल्लो चौविस घण्टामा भारतमा ४ लाख १२ हजार ६ सय १८ संक्रमित पुष्टि भएका छन् । एकै दिन चार लाख संख्या नाघेको यो दोस्रो पटक हो ।

यसअघि भारतमा पहिलो पटक गत शनिबार कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा बिहीवार त्यो संख्या अझ बढेको हो

पछिल्लो पटक थपिएको संख्यासंगै भारतमा कुल कोरोना संक्रमितको संख्या २ करोड १० लाख ७० हजार ८ सय ५२ पुगेको छ ।
भारतमा हाल सम्म १ करोड ७२ लाख ६९ हजार ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३५ लाख ७१ हजार ६ सय २५ रहेको छ ।

यस्तै त्यहाँ एकैदिन ३९ सय ८२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३० हजार १ सय ५१ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय