आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रमुख जिल्ला अधिकारी र चन्द्रागिरीका नगप्रमुख गिरीले गरे नागढुंगाको अवलोकन
भर्खरै

प्रमुख जिल्ला अधिकारी र चन्द्रागिरीका नगप्रमुख गिरीले गरे नागढुंगाको अवलोकन

  • सिधा दृष्टी बिहिबार, बैशाख २३, २०७८ | May 6, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी र काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगाको अवलोकन गर्नु भएको छ ।

नगरप्रमुख गिरी र प्रजिअ पराजुलीले बुधवार बिहान नागढुंगा नाकाको स्थलगत अनुगमन गरी निषेधाज्ञाको प्रभावकारीता अनुगमन गर्नुका साथै नाकाको स्वास्थ्य जाँच केन्द्रको शुभारम्भ गर्नु भयो । सो अवसरमा प्रजिअ पराजुलीले नाकामा कडाइ गर्न निर्देशन दिनु भएको थियो ।

चन्द्रागिरि नगरपालिकाद्वारा स्थापना गरिएको स्वास्थ्य जाँच केन्द्रमा नाका भएर काठमाडौं भित्रने सवारी साधनका चालक, सहचालक तथा अन्य यात्रुको स्वास्थ्य जाँच गरिने नगरप्रमुख गिरीले जानकारी दिनु भयो ।

अवलोकनका क्र्ममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, नगर प्रवक्ता हरिभक्त महर्जन र वडा नम्बर २ का अध्यक्ष गोपी सुर्खेती का साथै महानगरीय प्रहरी वृत थानकोटका प्रमुख डीएसपी मोहन बहादुर खाँड लगायतका व्यक्तिहरुको सहभागीता थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय