आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतको सहयोगमा चन्दननाथमा जलद्यिुत् प्लान्ट पुनर्स्थापना
भर्खरै

भारतको सहयोगमा चन्दननाथमा जलद्यिुत् प्लान्ट पुनर्स्थापना

  • सिधा दृष्टी बुधबार, बैशाख २२, २०७८ | May 5, 2021

जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा भारत सरकारको सहयोगमा हालै पुनःस्थापना गरिएको साना जलविद्युत प्लान्टको बुधबार (२२ वैशाख) उद्घाटन गरिएको छ ।

मित्रराष्ट्र भारतको २ करोड ६३ लाख आर्थिक सहयोगमा निर्मित सो प्लान्टको भारतीय राजदूतावासका प्रथम सचिव (विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग) करुण वंशल, जिल्ला समन्वय समिति जुम्ला तथा नेपाल विद्युत प्राधिकरण जुम्लाद्वारा भर्चुअल माध्यममार्फत उद्घाटन गरिएको हो ।

जुम्लाको चन्दननाथ नगरपालिकामा अवस्थित २०० किलोवाट विद्युत उत्पादन क्षमता भएको यस जलविद्युत प्लान्टको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको

हो । प्राकृतिक विपदका कारण उक्त प्लान्टमा क्षति पुगेको थियो ।

उपभोक्ता समिति, स्थानीय बासिन्दा र जिल्ला समन्वय समिति जुम्लाको विशेष अनुरोधमा उक्त पावर प्लान्टको पुनःस्थापनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्याङ्कीको निर्माण र जलविद्युत प्लान्टको पुनःस्थापना भएको छ । बताइएअनुसार चन्दननाथ नगरपालिकाका करिव २० हजार मानिस उक्त प्लान्टबाट लाभान्वित हुनेछन् ।

ज्ञातव्य छ, भारतले नेपालमा ४५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ, जसमध्ये जुम्ला जिल्लाका दुईसहित दश वटा परियोजनाहरु कर्णाली प्रदेशमा रहेका छन् । भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित कर्णाली प्रदेशका चार वटा परियोजना निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् । यी बाहेक भारतीय राजदूतावासले जुम्ला जिल्लाका विभिन्न स्वास्थ्यचौकी तथा गैरसरकारी संस्थालाई पाँच वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको छ ।

यस परियोजनाले प्राविधिको पहुँच पूर्णरुपमा स्थापित भइनसकेको त्यस क्षेत्रको अर्थव्यवस्थालाई सुदृढ बनाउनुका साथै रोजगारीको सिर्जना गरेर त्यस क्षेत्रका मानिसहरुको जीवनस्तर उकास्न सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
print sharing button

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय