काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एकै दिन सर्वाधिक धेरै कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ८६५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको हो ।
यस्तै ५८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो संख्या पनि नेपालमा अहिले सम्म एकै दिन कोरोनाबाट ज्यान गुमाएको अहिले सम्मकै धेरै संख्या हो ।