बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गुल्मीमा बितेको २४ घण्टामा थप ३ कोरोना संक्रमितको मृत्यु
भर्खरै

गुल्मीमा बितेको २४ घण्टामा थप ३ कोरोना संक्रमितको मृत्यु

  • सिधा दृष्टी बुधबार, बैशाख २२, २०७८ | May 5, 2021

गुल्मीमा बितेको २४ घण्टामा  ३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।   मृत्यु हुनेमा  एक जना सत्यवती गाउँपालिका ७ जुनियाका  ६९ बर्षीय पुरुष रहेका छन् ।  गएराती घरबाट उपचार गर्न खैरेनी लैजाने क्रममा उनको बाटैमा  मृत्यु भएको थियो भने थप दुई जनाको लुम्बिनी  प्रादेशिक अस्पतालमा मृत्यु भएको त्यस अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ५ गुल्मीका ४५ बर्षीय पुरुषको हिजो साँझ ९ बजे  र गुल्मी कै कालिगण्डकी गाउँपालिका ७ का ५५ बर्षीय

पुरुषको  विहान ३ बजे कोरोना संक्रमणबाट ज्यान गएको बताए । यो सहित गुल्मीमा दोश्रो लहरमा मृत्यु हुन संक्रमितको संख्या १४ पुगेको छ ।

पहिलो लहरमा पनि १३ जनाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालयका फोकल पर्सन गोपाल कार्कीले  हिजो साँझ सम्म ३३४ संक्रमित रहेकोमा अहिले विहान सम्म संक्रमितको संख्या ३६९ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय