शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • धादिङमा एक कोरोना संक्रमित वृद्धाको मृत्यु
भर्खरै

धादिङमा एक कोरोना संक्रमित वृद्धाको मृत्यु

  • सिधा दृष्टी बुधबार, बैशाख २२, २०७८ | May 5, 2021

धादिङ । कोरोना भाइरस कोभिड-१९ का कारण  मंगलबार धादिङ्गमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ्ग गजुरीका एक जना वृद्धा रहेका छन । योसँगै धादिङमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । यस्तै धादिङमा मंगलबार थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा निलकण्ठ नगरपालिकामा ६५, धादिङ अस्पतालबाट स्वाव संकलन गराएकाहरुमध्ये ४७, धुनिबेसि नगरपालिकाका २, बेनिघाट रोराङ्ग गाउँपालिकाका १ गरी १ सय १५ र धादिङ स्थायी ठेगाना भई हाल जिल्ला

बाहिर रहेका ९ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्लाभित्र अहिलेसम्म सक्रिय संक्रमितकोे संख्या ३ सय ३१ र जिल्ला बाहिर १ सय १९ गरी ४ सय ५० पुगेको छ । जिल्ला भित्र होम आइसोलेसनमा ३ सय १० र हस्पिटल आइसोलेसनमा २४ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर होम आइसोलेसनमा १ सय १४ र हस्पिटल आइसोलेसनमा ५ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यस्तै  बैशाख  २० गते धादिङ  अस्पतालबाट १०१ जनाको स्वाब संकलन  गरि पिसिआर रिपोटको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला काभ्रे धुलिखेल  पठाउदा धादिङ  अस्पतालका सुचना अधिकारी सहित १३ जनाको रिपोट पोजिटिभ  आएको छ । योसँगै धादिङ अस्पतालका सूचना अधिकारी  बिक्रम बि.क. सहित अन्य स्वास्थ्यकर्मी  गरि अस्पतालमा मात्रै कोरोना संक्रमितकोे संख्या ३६ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय