आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना संक्रमण
बलिउड / हलिउड

अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना संक्रमण

  • सिधा दृष्टी बुधबार, बैशाख २२, २०७८ | May 5, 2021

अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सेलिब्रेटी फोटोग्राफर विरल भयानीले सोसल मिडियामार्फत् अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

हाल अभिनेत्री दीपिका श्रीमान रणवीर सिंहको साथमा बेंगलुरुमा रहेका छन् । अभिनेत्री दीपिकाको अन्य स्वास्थ्य अवस्थाबारे भने कुनै पनि जानकारी गराइएको छैन । त्यसोत, दीपिका र रणवीर सिंह लकडाउन हुनु अगावै मुम्बई छोडेर बेंगलुरुस्थित आफ्नो घर पुगेका थिए ।

यस अगाडि अभिनेत्री दीपिकाको परिवारको अन्य सदस्यहरुमा पनि कोरोना देखिएको थियो । लक्षणसहितको कोरोनाले

च्यापेपछि दीपिकाको बुबा प्रकाश पादुकोणलाई अस्पताल भर्ना गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य हुदै गएको र साताको अन्त्यतिर डिस्चार्ज गरिने बताइएको छ ।

त्यस्तै, उनकी आमा उजाला र बहिनी अनिषालाई पनि कोरोना संक्रमण भएको छ । अहिले उनीहरु दुवै जना होम आइसोलेशनमा रहेका जानकारी गराइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय