शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इजिप्टले फ्रान्ससँग ३० वटा राफेल लडाकू बिमान किन्ने
भर्खरै

इजिप्टले फ्रान्ससँग ३० वटा राफेल लडाकू बिमान किन्ने

  • सिधा दृष्टी बुधबार, बैशाख २२, २०७८ | May 5, 2021

इजिप्टले फ्रान्ससँग थप ३० वटा राफेल लडाकू बिमान खरिद गर्ने भएको छ । योसहित इजिप्टसँग ५४ वटा राफेल लडाकू बिमान हुनेछन् । सम्बद्ध अधिकारीहरुले फ्रान्सेली बायुसेनापछि अब इजिप्ट नै राफेल सबैभन्दा बढी राख्ने मुलुक हुने जनाएका छन् ।

दुवै मुलुकले राफेल बिमान खरिद सम्झौता भएको मङ्गलबार घोषणा गरेका छन् । इजिप्टको सेनाले राफेल बिमान खरिदका लागि फ्रान्ससँग १० वर्षे ऋण लिइएको जनाएको छ । तर सम्झौता के कति रकममा गरिएको हो भन्ने इजिप्टको सेनाले केही खुलाएको छैन ।

इजिप्टले सन् २०१५ मा २४ थान राफेल लडाकू बिमान ५ अर्ब ९३ करोड डलरमा खरिद गरेको थियो । फ्रान्समा उत्पादित अत्याधुनिक यस राफेल बिमान खरिद गर्ने पहिलो राष्ट्र पनि इजिप्ट नै हो । निकै अत्याधुनिक भए पनि यसको विदेशमा बिक्री त्यति बढी हुन सकेको छैन ।

एपीका अनुसार इजिप्टले राफेल बिमान खरिद गर्नुअघि बजारको खोजीमा रहेको फ्रान्सेली उत्पादक कम्पनी डासल्ट एभिएसनका यी बिमान फ्रान्सेली बायुसेनाले सन् २००६ देखि प्रयोगमा ल्याइरहेको थियो । हाल यी बिमान भारत र ग्रिस समेतका केही मुलुकमा बिक्री हुन थालेका छन् ।

फ्रान्सेली रक्षा मन्त्रालयले राफेल सम्झौताबाट फ्रान्समा तीन वर्षसम्म सात हजारले नयाँ रोजगारी प्राप्त गर्ने जनाएको छ । साथै, यसबाट फ्रान्स र इजिप्टबीच रणनीतिक तथा सैनिक साझेदारीलाई थप सुदृढ गर्ने बताइएको छ ।


फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय