बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उपत्यकाबाट गाउँ फर्किन अब सम्बन्धित स्थानीय तहको सिफारिस
भर्खरै

उपत्यकाबाट गाउँ फर्किन अब सम्बन्धित स्थानीय तहको सिफारिस

  • सिधा दृष्टी मङ्लबार, बैशाख २१, २०७८ | May 4, 2021

काठमाडौं । काठमाडौं उपत्यकाबाट गाउँ फर्किन अब सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने भएको छ ।

मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यका बाहिर जानेसँग सम्बन्धित स्थानीय तहको सिफारिस माग गर्ने निर्णय गरेको हो ।

सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता जनाएमात्र उपत्यका बाहिर जान सहजीकरण गर्ने निर्णय गरेको उपत्यकाका प्रशासन कार्यालयका एक अधिकारीले बताए ।

‘उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने

प्रतिवद्धतासहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान दिने’ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयमा भनिएको छ ।

कोरोना भाइरस महामारी रोकथामका लागि उपत्यकाका तीन जिल्लामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय