मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • निषेधाज्ञामा नेपाल टेलिकमको अफर : २३ रुपैयाँमा १४ मिनेट कुराकानी, १ जीबी डाटा
भर्खरै

निषेधाज्ञामा नेपाल टेलिकमको अफर : २३ रुपैयाँमा १४ मिनेट कुराकानी, १ जीबी डाटा

  • सिधा दृष्टी मङ्लबार, बैशाख २१, २०७८ | May 4, 2021

नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेपछि ४५ भन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरेको छ । निषेधाज्ञालाई मध्यनजर गर्दै नेपाल टेलिकमले ग्राहकहरूका लागि आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक सार्वजनिक गरेको छ ।

वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक : २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक ६४९ रुपैयाँमा उपलब्ध छ । सेवाग्राहीले आवश्यकताबमोजिम डाटा चलाउन र कुराकानीसमेत गर्न सकिनेछ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*८*२# डायल

गर्न सकिन्छ । यो प्याकअनुसार प्रतिदिन २३ रुपैयाँका दरले खर्चिँदा  १ जीबी डाटा र १४ मिनेटसम्म कुराकानी गर्न सकिने छ ।

७ दिनका लागि १.५ जीबी प्याक : ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न  मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफरअन्तर्गत अल टाइम डाटा प्याकको रूपमा यो प्याक ९५ रुपैयाँमा मा उपलब्ध छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*१*४# डायल गर्न सकिन्छ ।

२ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक : २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । ३० रुपैयाँमा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*८*२# डायल गर्न सकिन्छ ।

५०० एमबी पर डे डाटा प्याक : २९९ रुपैयाँमा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*९*३# डायल गर्न सकिन्छ । मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिने नेपाल टेलिकमले जनाएको छ ।

ग्राहकले १४१५ डायल गरेर दिइएको निर्देशनअनुसार विभिन्न प्याक खरिद गर्न सक्ने सुविधा दिएको छ । ‘नेपाल टेलिकम’ एपबाट तथा वेबसाइटमार्फत यससम्बन्धी विस्तृत जानकारीप्राप्त गर्न सकिने नेपाल टेलिकमलले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय