सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोडभन्दा बढी
भर्खरै

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोडभन्दा बढी

  • सिधा दृष्टी मङ्लबार, बैशाख २१, २०७८ | May 4, 2021

दुई लाख २२ हजार ४०८ को मृत्यु

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै सङ्क्रमित थपिएसँगै कुल सङ्ख्या दुई करोड नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार भारतमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना सङ्क्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।

मङ्गलबार दिउँसोसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ लाख

४७ हजार १३३ रहेको बताइएको छ ।

भारतमा कुल सङ्क्रमितको सङ्ख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ भने अहिलेसम्म दुई लाख २२ हजार ४०८ व्यक्तिको सङ्क्रमणका कारण स्वास्थ्यमा आएको जटिलताका कारण मृत्यु भएको छ ।

भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिँदा दोस्रो लहरको महामारीबाट भारतको स्वास्थ्य प्रणाली शिथिल बनेको छ ।

अस्पतालमा शै्यया तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने सङ्क्रमितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

१८ वर्षमाथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यमा खोपको अभाव रहेको छ । खोप उत्पादक सेरम इन्स्टिच्यूडका प्रमुखले खोपको अभाव आउँदो जुलाईसम्मै कायम रहन सक्ने चेतावनी दिएका एएनआईले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय