सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सकिने
भर्खरै

एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सकिने

  • सिधा दृष्टी मङ्लबार, बैशाख २१, २०७८ | May 4, 2021

नेपाल सरकारको कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ ।

केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जानकारीका लागि १०५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

शव व्यवस्थापनका लागि मृतक प्रमाणपत्र, कोभिड-१९ को पोजेटिभ रिपोर्टसहितका कागजात छाउनीस्थित केन्द्रमा इमेल गर्न सकिने छ ।

अस्पतालमा मृत्यु हुनेको हकमा सम्बन्धित अस्पतालले सिसिएमसीलाई शव

व्यवस्थापनका लागि अनुरोधपत्र वा होम आइसोलेशनमा मृत्यु हुनेका हकमा स्थानीय पालिकाको पत्र आवश्यक पर्ने केन्द्रले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय