सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चीनबाट अक्सिजनका २० हजार खाली सिलिन्डर आउँदै
भर्खरै

चीनबाट अक्सिजनका २० हजार खाली सिलिन्डर आउँदै

  • सिधा दृष्टी मङ्लबार, बैशाख २१, २०७८ | May 4, 2021

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड-१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिँदै मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए ।

‘हामीसँग अक्सिजन ग्यासको कमी छैन, तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पु¥याउन कठिन भएको हो’, प्रवक्ता गौतमको भनाइ छ ।

मन्त्रालयले प्राणवायु

(अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ भने अस्पतालका साथै सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न अनुरोध गरेको छ ।

नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्न सक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ । अस्पतालसँग ६ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय