बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय
भर्खरै

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

  • सिधा दृष्टी मङ्लबार, बैशाख २१, २०७८ | May 4, 2021

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । र यो अवधिमा निषेधाज्ञा थप कडा हुनेछ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय