नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आफ्नै भवनभित्र पाँच बेडको आइसोलेशन सेन्टर तयार पारेको छ ।
केन्द्रको निर्देशनबमोजिम लुम्बिनी प्रदेश समितिको पहलमा अक्सिजन, स्वास्थ्यकर्मी र औषधीसहितको आइसोलेसन सेन्टर तयार पारिएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले जानकारी दिनुभयो ।
यसका लागि तौलिहवा अस्पतालले आवश्यक स्वास्थ्य सामग्री औषधी र कपिलवस्तु नगरपालिकाले आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो ।
आइसोलेशन सेन्टर निर्माणकार्यमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरी, प्रदेश सदस्य गोपाल भण्डारी, कपिलवस्तु कार्यसमितिका पदाधिकारी लगायतकाले सहयोग गरेको अध्यक्ष
बज्राचार्यले बताउनुभयो ।
आइसोलेसनमा कोभिड संक्रमण भएका पत्रकारलाई प्राथमिकता दिइने तर खाली रहेको अवस्थामा अरु नागरिकका लागि आवश्यक भए शैय्या उपलब्ध गराइने अध्यक्ष बज्राचार्यको भनाइ छ ।