सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भूकम्पको पूर्वसूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध हुने
भर्खरै

भूकम्पको पूर्वसूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध हुने

  • सिधा दृष्टी मङ्लबार, बैशाख २१, २०७८ | May 4, 2021

विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ ।

पूर्वसूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिनअगाडि घोषणा गरेको हो ।

तारविहीन प्रणालीमार्फत् एन्ड्रोएड मोबाइल फोनमा भूकम्पसम्बन्धी पूर्वसूचना प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन् ।

विश्वव्यापी बनाउन सकिने यस प्रणाली प्रभावकारी हुने र विश्वभरी नै माग बढ्ने उनीहरूले विश्वास व्यक्त गरेका छन् ।

भूकम्पबाट बर्षेनी लाखौँ मानिसको मृत्यु हुँदै आएकोले यो

प्रणाली प्रयोगमा आएपछि भूकम्पका कारण मृत्यु हुनेहरूको सङ्ख्यामा ठूलो मात्रामा कटौती हुने उनीहरूको भनाइ छ ।

मोवाइलमा सूचना प्राप्त गर्न चाहेको ठाउँ छनौट गर्न मिल्ने व्यवस्था राखिने र सोहीअनुसार छनौट गरिएको ठाउँहरूको मात्रै जानकारी आउने बनाइएको छ । यस प्रणालीको प्रयोग गर्न नचाहनेले त्यो प्रणाली बन्द गर्न पनि सक्ने व्यवस्था गरिएको छ ।

अहिले सुरुमा अमेरिका, ग्रीस, न्युजील्याण्डलगायतका देशहरूमा मात्रै यो प्रणालीमार्फत् सूचना प्राप्त हुने भएका छन् । विस्तारै अन्य देशहरुमा पनि यो प्रणाली विस्तार गरिने गुगलले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय