शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • वैवाहिक सम्बन्ध अन्त्य गर्दै बिल गेट्स र मेलिन्डा
भर्खरै

वैवाहिक सम्बन्ध अन्त्य गर्दै बिल गेट्स र मेलिन्डा

  • सिधा दृष्टी मङ्लबार, बैशाख २१, २०७८ | May 4, 2021

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले वैवाहिक सम्बन्ध अन्त्य गर्ने भएका छन् । पारपाचुके गर्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै गेट्स दम्पतिले भनेका छन्- ‘अब हामी सँगै जीवन अघि बढाउन सक्छौँ भन्ने हामीलाई लाग्दैन ।’

२७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्नेबारे ट्वीटरमार्फत जानकारी गराउँदै उनीहरूले भनेका छन्- ‘निकै सोचविचार गरेपछि हामीले वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय लिएका हौँ ।’

बिल गेट्स

र मेलिन्डाको भेट सन् १९८० को दशक समाप्त हुँदै गर्दा त्यतिबेला भएको थियो जब मेलिन्डाले माइक्रोसफ्ट कम्पनी ज्वाइन गरेकी थिइन् ।

तीन सन्तानका अभिभावक गेट्स दम्पतिले संयुक्त रूपमा ‘बिल एण्ड मिलिन्डा फाउण्डेसन’ सञ्चालन गर्दै आएका छन् । उनीहरूले ‘डिभोर्स’पछि पनि प्रतिष्ठानको काम मिलेरै अघि बढाइने जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय