काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि कोका-कोलाले २ करोड ४० लाख सहयोग गर्ने भएको छ । कोका कोला नेपालले आईतबार एक बिज्ञप्ति जारी गर्दै कोरोना संकटको सामना गर्न राष्ट्रव्यापी भइरहेको प्रयासहरुलाई राहत स्वरुप उक्त रकम प्रतिबद्धता जनाएको छ ।
नेपालमा कोका–कोलाले खोप अभियानहरुमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्रीहरु (उदाहरणका लागि पीपीइ, मास्क, ग्लोभ, सेनिटाइजर) प्रदान गर्नेछ र खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्द्धन गर्न देशभरि जागरुकता फैलाउन समेत सहयोग गर्ने जनाएको छ ।