सरकारले आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडानमा रोक लगाएको छ । कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिदै गएको निष्कर्ष सहित सरकारले आज राती १२ बजेदेखि लागु हुनेगरी हवाई उडानमा रोक लगाएको हो । अन्तराष्ट्रियतर्फको उडानमा भने बैशाख २२ गते मध्येरातदेखि लागु हुनेगरी रोक लगाइएको छ ।
यद्यपी, आन्तरिक एवं अन्तराष्ट्रिय चार्टड् उडानमा भने अनुमति दिइने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । कोभिड संक्रमण रोकथाम निर्देशक समिति सीसीएमसीको सिफारिस अनुसार नै मन्त्रिपरिषद्ले आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको हो
।