शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी नियन्त्रणमा
भर्खरै

नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी नियन्त्रणमा

  • सिधा दृष्टी सोमवार, बैशाख २०, २०७८ | May 3, 2021

तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ । ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका विभिन्न नदीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले एक एक्साभेटर र पाँच ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

ऋषिङ गाउँपालिकाअन्तर्गत रहेको मादी नदी बगरमा बिना अनुमति बाटो बनाइरहेको अवस्थामा बा २ ख ६२४३ नम्बरको एक्साभेटरलाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको एक्साभेटरलाई ऋषिङ गाउँपालिकाको कार्यालय बुझाइएकामा रु २२ हजार

५०० जरिवाना भएको छ ।

शुक्लागण्डकी–९ सुरौदीखोला नदी किनारबाट अवैध रूपमा गिट्टी बालुवा उत्खनन गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ३०७० र ग १ त ३४२१ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई नगरपालिका बुझाइएकामा रु १२ हजारका दरले रु २४ हजार जरिवाना भएको प्रहरीले जनाएको छ ।

त्यस्तै व्यास–५ चिन्तुटारस्थित मादी नदी किनारबाट अवैधरूपमा ढुङ्गा ओसारपसार गरिरहेको अवस्थामा ग १ त २६३४, ग १ त ३४७२ नम्बर र ग १ त ५०६३ नम्बरका ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि नगरपालिका बुझाइएकामा रु आठ हजारका दरले रु २४ हजार जरिवाना भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय