सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
भर्खरै

भोलिदेखि आन्तरिक हवाई उडान बन्द

  • सिधा दृष्टी आइतवार, बैशाख १९, २०७८ | May 2, 2021

बढ्दो कोभिड संक्रमण रोकथामका लागि सरकारले सोमबार राति मध्यरातिदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ । अरु अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर कायम राख्ने निर्णय बैठकले गरेको

छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय