मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • लुम्बिनीमा सांसद र प्रहरीबीच झडप
भर्खरै

लुम्बिनीमा सांसद र प्रहरीबीच झडप

  • सिधा दृष्टी आइतवार, बैशाख १९, २०७८ | May 2, 2021

लुम्बिनी प्रदेश, प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रदेश सभा सदस्य र प्रहरीबीच झडप भएको छ । अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमाले बाहेक दलका सांसदहरु दिउँसैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।

अहिले मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन भन्दै निस्कन लागेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभा सदस्यहरुले घेरा हालेर छेकेपछि प्रहरीले बलप्रयोग गरेको हो । यादव अहिले घेराबाट निस्किसकेका छन् । मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन । पुदेश प्रमुख यादव मुख्यमन्त्रीको कार्यालय पुगिसकेका

छन् । सांसदहरूले प्रहरीले दमन गरेको भन्दै नाराबाजी गरेका थिए ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनस् नियुक्त भएका हुन् । आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल संविधानको धारा १६८ (१) बमोजिम पुन मुख्यमन्त्री बनेका हुन् । उनलाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएपछि पोखरेलले पदबाट राजीनामा दिएका थिए । यसअघि पोखरेल नेतृत्वको सरकार संविधानको धारा १६८ (२) बमोजिम बनेको थियो । धारा १६८(१) मा संसदमा बहुमत प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई आधार मानेर पोखरेलले आज बिहान राजीनामा दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय