बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आह्वान
भर्खरै

राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आह्वान

  • सिधा दृष्टी आइतवार, बैशाख १९, २०७८ | May 2, 2021

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख २७ गतेका लागि संसद अधिवेशन बोलाउनु भएको छ । सरकार र मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार एक सूचना जारी गर्दै अधिवेशन बोलाउनु भएको हो ।

नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम प्रतिनिधिसभाको अधिवेशन राष्ट्रपतिले बोलाउनु भएको सूचनामा जनाइएको छ ।

अधिवेशन बैशाख २७ गते दिउँसो १ बजे संसद भवन

नयाँ बानेश्वररमा बस्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय