सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पुनः मुख्यमन्त्री नियुक्ति गरिनु अलोकतान्त्रिक : देउवा
भर्खरै

पुनः मुख्यमन्त्री नियुक्ति गरिनु अलोकतान्त्रिक : देउवा

  • सिधा दृष्टी आइतवार, बैशाख १९, २०७८ | May 2, 2021

मुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जनाउनुभएको छ । साथै उहाँले सो घटनाले संविधानको उल्लङ्घन भएको आरोपसमेत लगाउनुभएको छ ।

सभापति देउवाले आज विज्ञप्तिमार्फत नेकपा (एमाले)ले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेको जिकीर गर्दै पुनःमुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसङ्गत नभएको आरोप लगाउनुभएको हो ।

नेपालको संविधानबमोजिम संसद्मा अविश्वास प्रस्तावको प्रक्रिया अघिबढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपु¥याई राजीनामा गर्नु र प्रदेश

अधिवेशन अन्त्य गर्नु संविधान एवं संसदीय मूल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लङ्घन भएको सभापति देउवाको आरोप छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय