कपिलवस्तुमा यही वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । आज जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले उक्त निर्णय गरेको हो । लकडाउनबारे निर्णय लिन प्रशासनले बैठक आह्वान गरेको थियो ।
कपिलवस्तुका छिमेकी जिल्लामा लकडाउन जारी भैसकेको छ । लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी, दाङ, प्युठान, बाँके र बर्दियामा निषेधाज्ञा जारी गरिएको छ ।
कपिलवस्तुमा कोरोना भाइरसका सक्रिय संक्रमित ४ सय २९ पुगेका छन् भने जिल्ला मा कोभिड ११९ को संक्रमण ले निधन हुनेको संख्या
४६ पुगेको छ ।