प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन्।
मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले आजको बैठकमा उनले विश्वासको मत लिन लागेको जानकारी गराएका हुन्।
आज आकस्मिक रुपमा बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकमा पनि प्रधानमन्त्री ओलीले यसबारे संकेत गरेका थिए।
स्थायी कमिटीको बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए।