शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु
भर्खरै

मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु

  • सिधा दृष्टी आइतवार, बैशाख १९, २०७८ | May 2, 2021

मकवानपुरगढी गाउँपालिका–६ स्थित डुम्रेकुनामा चट्याङ पर्दा घाइते भएका एक जनाको उपचारको क्रममा आइतबार मृत्यु भएको छ ।

पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्ने पुगेका ३ जनालाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएका मकवानपुरगढी–२ माथिल्लो छाप बस्ने २५ वर्षीय कविराज बाइवाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर गढी–२, छाप बस्ने ४६ वर्षीय वीरबहादुर बाइवा र सोही स्थानका ५६ बर्षीय वीरबल बाइवा घाइते भएका छन् । घाइतेहरुलाई सामुदायिक प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात् थप उपचारका लागि

हेटौंडा अस्पताल ल्याइएको थियो ।

घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आइतबार बिहान मकवानपुरमा हावाहुरीसहित पानी परिरहेको अवस्थामा चट्याङ परेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय