सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जनताको उपचार गर्न सक्दैनौं भन्ने सरकार इतिहासकै निकम्मा हो
भर्खरै

जनताको उपचार गर्न सक्दैनौं भन्ने सरकार इतिहासकै निकम्मा हो

  • सिधा दृष्टी आइतवार, बैशाख १९, २०७८ | May 2, 2021

अभिषेक श्रेष्ठ : आइतवार नेपालमा एकै दिन ७ हजार २ सय ११ कोरोना संक्रमित पुष्टि भए । यो संख्या एकै दिन पुष्टि हुने मध्येकै सबै भन्दा बढी संख्या हो । यस बाट के बुझ्न सकिन्छ भने नेपालमा कोरोना संक्रमण अझैं तीव्र गतिमा फैलिने निश्चित छ । दैनिक कोरोना संक्रमण दर उकालो लाग्दै छ भने सरकार ले कोरोना नियन्त्रणका लागि गरिरहेको कामको गति आरोलो लाग्दै छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले एक मात्रै उपाय जनतालाई घर भित्र थुन्नु रहेको छ

। सोही कारण आजको मिति सम्म देशभरका २९ जिल्लामा निषेधाज्ञा लागु भएको छ । निषेधाज्ञा लगाएर जनता घर भित्र थुन्ने सरकारले मजदुरहरु भोक भोकै रहेको भने देखेको नदेख्या झै गरिदिएको छ ।

हुन त सरकारले कोरोना संक्रमित बिरामीलाई बेड उपलब्ध गराउन नसक्ने घोषणा गरिसकेको छ । भारतमा कोरोना महामारीले भयावह अवस्था निम्त्याउँदा पनि सरकारले कोरोना संक्रमितको उपचार गर्न सक्दैनौं भनेको छैन । बरु विभिन्न मुलुक संगबाट आपतकालीन स्वास्थ्य सामाग्री मगाइरहेका छ भने देश भित्रै पनि एक स्थानबाट अर्को स्थानमा हवाई जहाज र रेलको प्रयोग गरी अक्सिजन पठाइरहेको छ । भारतमा सरकारले काम गदै गरेको अवस्थामा त जनता खुसी छैनन् वा कोरोना नियन्त्रणका लागि प्रयाप्त भएको छैन भने हाम्रो ओली नेतृत्वको सरकारले त काम नै नगरी जनतालाई उपचार गर्न सकिँदैन भनि सकेको अवस्था छ । जनताको उपचार गर्न नसक्ने ओली नेतृत्वको सरकार संसारमै निकम्मा सावित भइसकेको छ । जनताबाट कर उठाउन सक्ने सरकारले जनताको उपचार गर्न सक्दिन भन्नु लज्जास्पद त हुँदै हो गैरजिम्मेवारीको पराकाष्टा पनि हो ।

कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको सरकार उदघाटन मा भने अगाडी छ । उद्घाटनमा अगाडी बढेको यो सरकारले काम नै नसकेका परियोजनाहरुको पनि उदघाटन र शिल्यान्यास गरी संसारलाई चकित पारिहेको छ । मेलम्चीको काम बाँकी छँदै ओली सरकारले उदघाटन गरि सक्यो भने धरहराको काम पनि आधा बांकी हुँदै उद्घाटन गरि सक्यो । अब माथिल्लो तामाकोशी पनि उदघाटन गर्ने हतारो गरिहेको छ । जनतालाई घरमा थुन्ने ,आफू उदघाटनमा व्यस्त हुने रणनीति सरकारले अपनाएको छ । काठमाडौमा निषेधाज्ञा लगाएको सरकारले भारतसंगका नाका बाट हुने आवतजावत नियन्त्रणमा भने कुनै पहल गर्न सकेको देखिँदैन् । सरकार कोरोना महामारी नियन्त्रणमा पुरै असफल भएको अवस्थामा अव यो रोगबाट बच्ने उपाय भनेको हामी जनताहरुले आफैं सुरक्षित हुने हो । त्यसकारण सके सम्म भिडभाडमा नजाऔं , भेटघाट बन्द गरौं , घर बाहिर निस्कदा अनिवार्य माक्स लगाऔं, साबुनपानीले पटक पटक हात धुने बानीको बिकास गरौं । अर्थात स्वास्थ्य मापदण्डको पालना गरौं । सबै मिलेर यो कोरोनालाई परास्त गरी आफ्नो जीवनको सुरक्षा गरौं । धन्यवाद

लेखक : युवा सजकता अभियान चद्रागिरि नगरसंयोजक एवंम नेपाल तरुणदल चन्द्रागिरि नगरप्रचारप्रसार विभाग प्रमुख तथा सदभाव नेपालका अध्यक्ष हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय