धादिङ । धादिङमा आगामी मंगलबारदेखि निषेधाज्ञा लाग्ने भएको छ । जिल्लामा कोरोना संक्रमितको सख्या २ सय बढी भएपछि डीसीसीएमसीको आइतवारको बैठकले जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञामा अत्यावश्यक बाहेका सवारी साधन चलाउन रोक लाग्ने छ । औषधी, खाद्यान्न, फलफुल पसल, डेरी लगायतका पसल भने बिहान ६ बजे देखि नौ बजे सम्म खोल्न दिने निर्णय गरिएको छ । त्यस्तै टेक अवे सेवा दिन चाहाने होटल रेस्टुरेण्टहरुले बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म सुचना टाँस गरी सेवा दिन
सक्ने बताइएको छ । बैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा लागु गरिएको हो ।