शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सांसद विमला माओवादीमा रहने, एमालेलाई लुम्बिनी प्रदेशमा बहुमत पुराउन समस्या
भर्खरै

सांसद विमला माओवादीमा रहने, एमालेलाई लुम्बिनी प्रदेशमा बहुमत पुराउन समस्या

  • सिधा दृष्टी आइतवार, बैशाख १९, २०७८ | May 2, 2021

बुटवल । लुम्बिनी प्रदेशसभाका सांसद विमलाकुमारी खत्रीले आफू नेकपा माओवादी केन्द्रमा रहेको स्पष्ट पारेकी छन् ।

सांसद खत्रीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै आफू आज नभै यसअघि नै माओवादी केन्द्रमा प्रवेश गरेको स्पष्ट पारेकी हुन् । उनले वैशाख ९ गते अध्यक्ष प्रचण्डसँग भेट गरी औपचारिक रुपमा पार्टीमा खुलेर लाग्ने योजना भएको पनि बताइन । उनले आफ्नै बुद्धि र विवेकले माओवादी केन्द्र रोजेको स्पष्ट पारिन ।

पत्रकार सम्मेलनमा उनले भनिन, ‘गत उपनिर्वाचनमा म एमाले वा माओवादी केन्द्र भएर चुनाव लडेको होइन

। मलाई केही थाहा थिएन । गृहिणी मात्रै थिएँ । तर, पार्टीका साथीहरूले चुनाव लड्न भनेपछि म लडेकी हुँ । मलाई माओवादी केन्द्रको तर्फबाट त्यतिबेला साथीहरूले धेरै सहयोग गर्नुभएको हो ।’

उनले दामा शर्मा र अपारले धेरै सहयोग गरेको पनि बताइन ।सांसद खत्रीले आफु कसैको दबाबमा नपरिकन माओवादी केन्द्रको सदस्य बनेको र अब माओवादी केन्द्रको सांसद बन्ने स्पष्ट पारिन ।

खत्रीको यो निर्णयसँगै मुख्यमन्त्रीका लागि नेकपा एमालेबाट एकल बहुमत जुटाउने शंखर पोखरेलको योजना विफल भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय