काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले दोस्रो चरणको कोरोना संक्रमण र त्यसको तिब्रगतीमा फैलावटका कारण आम नेपाली जनताको स्वस्थ्य अबस्था एबं जनजिबन महासंकट परेको बर्तमा अबस्थामा अलोकतान्त्रिक ढंग बाट सत्तामा बसिरहेको एमाले ओलीको सरकार मस्त निन्द्रामा परेजस्तो देखिएको आरोप लगाउनु भएको छ ।
आज बिहान एक रेडियो अन्तरबार्तामा सरकारको लापरबाही को कारण संक्रमण फैलिएको आरोप लगाउदै कांग्रेस केन्द्रीय सदस्य गिरीले बजार अभाव नियन्त्रण गर्न र खाद्य पदार्थको कृतिम मुल्य वृद्धि हुन बाट रोक्न नसक्नुले यो सरकार मुलुक
र जनता प्रती जिम्मेवार हुन नसकेको धारणा व्यक्त गर्नु भयो ।
ओली सरकारको संपुर्ण ध्यान पार्टीहरुमा बिखण्डन ल्याउन र अल्पमतमा परिसकेको आफ्नो सरकारलाई जबरजस्ति टिकाउन केन्द्रित रहेको धारणा राख्दै उहाले इतिहासमै सबैभन्दा भ्रष्ट , कमजोर , निरीह नेकपा ओली सरकार रहेको र यो सरकार बाट जनता हित हुन नसक्ने धारणा राख्नु भएको छ ।
माहामारिको समयमा जनता संग हातेमालो गरेर अगाडि बढ्नु पर्ने सरकार बालुवाटार र सिंहदरबारमा मात्रै केन्द्रित रहेको धारणा राख्दै केन्द्रीय सदस्य गिरीले यो सरकार रहे सम्म संबिधान र लोकतन्त्र समेत कमजोर भैरहने धारणा राख्नु भएको छ ।