शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • लुम्बिनी प्रदेश मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
भर्खरै

लुम्बिनी प्रदेश मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

  • सिधा दृष्टी आइतवार, बैशाख १९, २०७८ | May 2, 2021

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले आइतबार बिहान प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन् ।

दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पुन: मुख्यमन्त्री नियुक्त हुने र एक महिनाभित्र विश्वासको मत लिने उनले बताएका छन्।

जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभामा सत्तारूढ एमालेको एकल बहुमत छ। नेकपा एमालेका मुख्य सचेतक भूमीश्वर ढकालले मुख्यमन्त्रीले राजीनामा दिएको बताए।

लुम्बिनी प्रदेशमा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुखसहित), जसपाका २ र राजमोका १ सांसद छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय