भएको हो । आज थपिएका संक्रमितहरु जिल्ला भित्र परिक्षण गरिएका ७८ जना र जिल्ला बाहिर परिक्षण गरिएका ११ जना रहेका छन् । यससँगै जिल्लामा सक्रिय केश २६४ पुगेको छ । संक्रमित मध्ये १७२ जना जिल्ला भित्र र ९२ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् ।
जसमा जिल्ला भित्र होम आइसोलेसनमा १५३ जना, मलेखु अस्पतालको आईशोशनमा १, धादिङ्ग अस्पतालको आइसोलेसनमा १७ जना र क्ष्ऋग् मा १ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । त्यसैगरि जिल्ला बाहिर होम आइसोलेसनमा बस्नेको संख्या ८७ र अस्पतालको आइसोलेसनमा बस्नेको संख्या ५ रहेको छ । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने १ हजार ८२२ पुगेको छ ।
जम्मा संक्रमित मध्ये १ हजार १११ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ७ सय २७ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । संक्रमणबाट जिल्लाका १७ जनाले ज्यान गुमाएका छन् । आज थप २ संक्रमित निको भएसँगै जिल्लामा संक्रमण मूक्त हुनेको सङ्ख्या १५३० रहेको छ । यसैगरी जिल्लामा ७६ जनाको कोरोना रिपोर्ट आउन बाँकी रहेको छ ।