मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पूर्वसांसद पौडेलको निधनप्रति देउवाद्वारा दुःख व्यक्त
भर्खरै

पूर्वसांसद पौडेलको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

  • सिधा दृष्टी शनिबार, बैशाख १८, २०७८ | May 1, 2021

राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्रा. विदुर पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । पौडेलको शनिबार बिहान काठमाडौंको पशुपतिमा असामयिक निधन भएको हो ।

सभापति देउवाले शोक सन्देशमार्फत उनको निधनको खबरले दुःख लागेको उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

पौडेल कांग्रेसका पूर्वमहासमिति सदस्य, पूर्वीय दर्शन र साहित्यका धरोहर एवं प्रजातान्त्रिक समाजवादका व्याख्यातासमेत थिए । विसं २००१ मा जन्मिएका पौडेलले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको सक्रिय

योगदान पार्टीमा सदा स्मरणीय रहने उल्लेख गर्दै सभापति देउवाले पौडेलको निधनले कांग्रेस र मुलुकले एक असल नेता र बौद्धिक व्यक्तित्वलाई गुमाएको बताए ।

यसैगरी कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले पनि शोक सन्देशमार्फत पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय