मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोनाबाट २ दिनको अन्तरमा आमा छोराको मृत्यु
भर्खरै

कोरोनाबाट २ दिनको अन्तरमा आमा छोराको मृत्यु

  • सिधा दृष्टी शनिबार, बैशाख १८, २०७८ | May 1, 2021

कोरोना संक्रमणका कारण सुनसरीमा दुई दिनको अन्तरमा आमा छोराको मृत्यु भएको छ । सुनसरी सदरमुकाम इनरुवामा आमाको मृत्यु भएको दुई दिनपछि छोराको मृत्यु भएको हो ।

बुधबार होम आइसोलेसनमा आमाको मृत्यु भएको थियो । छोराको शनिबार दिउँसो कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो ।

८४ वर्षीय आमाको मृत्यु भएकै दिन ६५ वर्षीय छोरालाई विराट मेडिकल कलेज भर्ना गरिएको थियो । विराटबाट थप उपचारका लागि कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

केन्द्रका संयोजक बैजनाथ साहका ती

पुरुषको शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । उनमा मुटु र श्वासप्रश्वासको समस्या देखिएको थियो ।

इनरुवा नगरपालिका–३ का वडाध्यक्ष कालुराम गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पीसीआर जाँच गर्दा परिवारका सात जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय